+

वर्ल्ड एसिया स्केट च्याम्पियनसिप : राष्ट्रिय रोलर डर्बी टिमको प्रशिक्षण अन्तिम चरणमा

२०८२ असार  १५ गते १९:५७ २०८२ असार १५ गते १९:५७
वर्ल्ड एसिया स्केट च्याम्पियनसिप : राष्ट्रिय रोलर डर्बी टिमको प्रशिक्षण अन्तिम चरणमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालबाट पुरुष र महिला रोलर डर्बी टिमले १८औं वर्ल्ड एसियन स्केट च्याम्पियनसिपमा भाग लिने तयारी गरेको छ ।
  • प्रशिक्षण अन्तिम चरणमा पुगेको र रणनीतिक योजना बनाइरहेको प्रमुख प्रशिक्षक दिलिप राज बरालले बताए ।
  • नेपालका खेलाडीहरु शारिरिक र मानसिक रुपमा बलियो रहेको र विश्वस्तरको प्रतिस्पर्धाका लागि तयार रहेको संघले जनाएको छ।

१५ असार, काठमाडौं । कोरियाको इन्चोक सिटिमा आगाी जुलाई १८ देखि सुरु हुने १८औं वर्ल्ड एसियन स्केट च्याम्पियनसिपमा सहभागि हुने नेपाली रोलर डर्बी टिमको प्रशिक्षण अन्तिम चरणमा पुगेको छ ।

च्याम्पियनसिपमा नेपालबाट पुरुष र महिला रोलर डर्बी टिमले भाग लिने नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ संघले जनाएको छ ।

रोलर डर्बी खेलको प्रशिक्षण काठमाण्डौको स्केट भेन्यु, जडिबुटी, डाइनामिक्स् क्लब, भक्तपुर र रक एण्ड र्याकेट पार्क, बुढानिलकण्ठमा विगत लामो समय देखि नियमित रुपमा हुँदै आएको छ ।

आधारभुत देखी विशिष्ट तहको यस प्रशिक्षणमा १२ पुरुष र १२ महिला खेलाडीले प्रशिक्षण गरिरहेका छन् । २३×३३ मिटरको ओभल रिङ्ग्स् तथा ट्रयाक मा ५/५ जनाले १ घण्टा खेल्ने यस कन्ट्याक्ट खेल जोखिमपुर्ण तर निकै रोमाञ्चक हुने गर्छ ।

आसन्न १८औँ एसियन च्यामपियनसिपलाई लक्षित गर्दै जारि रहेको प्रशिक्षण अन्तिम चरणमा पुगेको र खेलको प्रतिस्पर्धाका लागि रणनीतिक योजना चरणमा प्रवेश गरेको प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी दिए ।

यो खेल खेल्न तथा संचालन गर्नको लागि यसको प्रविधिक पक्षको बारेमा विशेष जानकारी हुनुपर्छ भने खेलाडीहरुको शारिरिक तथा मानसिक स्वास्थ्य राम्रो हुन आवस्यक हुन्छ । खेलाडीहरुको द्रुत निर्णय क्षमताले खेलको नतिजामा फरक पर्न सक्ने हुँदा यस्तो निर्णय लिन सक्ने खेलाडीहरुलाई यस खेलमा अब्बल मानिन्छ ।

केही समयअघि भारतमा गएर समेत नेपाली रोलर डर्बी टोलीले प्रशिक्षण गरेका थिए । ‘भारतको पञ्जाब राज्यमा विश्व स्केट की अन्तराष्ट्रिय प्रशिक्षक एलेन फ्रेन्च र भारतिय प्रशिक्षक सन्दिप भटनागरले समेत नेपाली टिमका राष्ट्रिय खेलाडिहरु, अफिसियल, र प्रशिक्षक लाई प्रशिक्षण दिई प्रतिस्पर्धाको लागी अझै बलियो बनाइएको छ ।’ नेपालका एक मात्र ए–क्लास लाइसेन्स प्राप्त प्रशिक्षक बरालले भने।

नेपाली स्केटर्स शारिरिक रुपले तन्दुरुस्त, मानसिक रुपले चुस्त र नैतिकवान भएकोले यस प्रकृतीको प्राविधिक खेलका लागि नेपाली खेलाडी योगय र तयार रहेको बरालले बताए ।

नेपालका विभिन्न जिल्लाहरुबाट प्रशिक्षणमा रहेको खेलाडीहरुबाट उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरु छनोट गरी राष्ट्रिय टिमका लागि तयार पारिएको संघले जनाएको छ ।

संघका महासचिव सत्य थापाले नेपालका रोलर डर्बी खेलाडीहरु विश्वका कुनै पनि राष्ट्रमा हुने रिजनल र ग्लोबल प्रतिस्पर्धामा उच्चस्थरिय प्रतिस्पर्धा गर्न सक्ने गरी तयार गरिएको बताए ।

स्केटिङ्ग खेलको लागि नेपालमा नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनले विभिन्न खेल तथा प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ । संघका अध्यक्ष अच्युत खनालको सकृयतामा दश वर्षअघि दर्ता भएको संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा आवद्ध रही स्केटिङ खेल तथा प्रतियोगिताहरुमा सहभागि हुँदै आएको छ ।

नेपालको रोलर डर्बी खेलमा पासाङ वाङ्ची शेर्पा र अभिषेक मानन्धर कप्तान छन् । यस्तै अफिसियलमा विकास लामा तथा टिम म्यानेजर सन्जु श्रेष्ठ छन् । प्रमुख प्रशिक्षकमा दिलिप राज बराल छन् ।

नेपाल रोलार डर्बी टिम रोलार डर्बी प्रशिक्षण

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय