+
+
Shares

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई ६ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते २०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले भेटवाललाई ६ दिन म्याद थप गर्न आदेश दिएको छ।
  • उनी पक्राउ परेपछि अस्पताल भर्ना भएका थिए र प्रहरी स्रोतले अस्पतालमा राखिएको बताए।
  • भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको थियो।

१५ असार, काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो ।

भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।

शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको छ ।

अस्पतालको क्याबिन नम्बर ८१२ मा उनलाई राखिएको छ ।

उनी अस्पताल नै भर्ना हुने बिरामी नरहे पनि पहुँचकै आधारमा अस्पताल भर्ना भएको प्रहरीले स्रोतको भनाइ छ ।

शुक्रबार बिहान पीडितले नै भेटवाललाई प्रहरी वृत्त सिंहदरबारमा लगेर बुझाएका थिए ।

त्यसको केही समयमै उनी वृत्त सिंहदबारबाट निस्केका थिए । तर शुक्रबार बिहान भेटवाल पक्राउ परे/नपरेको बारे केही जानकारी नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख समेत रहेका एआईजी टेकबहादुर तामाङले बताएका थिए ।

पक्राउ पुर्जी जारी भएका बैंकिङ कसुरका अभियुक्तलाई प्रहरीले छाडेको भन्दै पीडितले माथिल्लो निकायमा जानकारी गराएपछि शुक्रबार साँझ भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराएका थिए ।

करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका उनी त्यस लगत्तै ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?