+

रसिलालाई माउन्ट पोपा अल्ट्रा रनको उपाधि

२०८२ असार  १५ गते २१:५८ २०८२ असार १५ गते २१:५८
रसिलालाई माउन्ट पोपा अल्ट्रा रनको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितिन्।
  • रसिलाले ५० किमी ट्रायल रनमा पुरुष धावकहरुलाई समेत पछाडि पारिन् र इतिहास बनाइन्।
  • उनीले अक्टोबरमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा भाग लिनेछिन्।

१५ असार, काठमाडौं । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् ।

म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन् ।

सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियनसिपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन् ।

रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गरिन् ।

सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए । महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे ।

यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा चयन भएकी छन् । रसिलाले जितपछि ओभरअलमै जित प्राप्त गर्दा निकै खुशी लागेको बताइन् ।

उनले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।

माउन्ट पोपा अल्ट्रा रन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय