+
+
Shares

दुई वटा ट्रक ठोक्किँदा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई ट्रक ठोक्किँदा च्पापिएका ट्रक चालक अरुण श्रेष्ठको तीन घण्टापछि उद्धार गरिएको छ।
  • दुर्घटनामा परी चालक श्रेष्ठलाई ट्रकको झ्याल काटेर निकालिएको थियो र उनलाई जिल्ला अस्पताल हेटौंडामा उपचार गराइन्छ।
  • सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजको मद्दतले दुर्घटनास्थलबाट चालकको उद्धार गरेको हो।

१६ असार, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई वटा ट्रक ठोक्किँदा घाइते भएका चालकको तीन घण्टापछि उद्धार भएको छ ।

आइतबार साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो क्रममा स्टेरिङमा च्यापिएका चालकलाई तीन घण्टापछि ट्रकको झ्याल काटेर निकालिएको हो ।

तीन घढटापछि उद्धार गरिएका चालक चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय अरुण श्रेष्ठ छन् ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फको साइडमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन् । उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौंडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक भने सामान्य रहेका छन् । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?