+

राष्ट्रिय खेलकुद सम्मान एवम् खेलकुद पत्रकारिता पुरस्कार वितरण

२०८२ असार  १६ गते १५:२२ २०८२ असार १६ गते १५:२२
राष्ट्रिय खेलकुद सम्मान एवम् खेलकुद पत्रकारिता पुरस्कार वितरण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद सम्मान २०८२ र खेलकुद पत्रकारिता पुरस्कार आज काठमाडौंमा वितरण गरियो।
  • सम्मानितमा ९ खेलकुद व्यक्तिहरू र ९ पत्रकारहरू रहेका छन्।

१६ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८२ तथा खेलकुद पत्रकारिता पुरस्कार आज एक समारोहका बीच वितरण गरिएको छ।

यस वर्ष राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक गरी विभिन्न ९ जनालाई सम्मान गरिएको छ। उनीहरूलाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।

सम्मानित हुनेमा मानमती विष्ट (कबड्डी), प्रेम बहादुर लिम्बु (तेक्वान्दो), वीर बहादुर महरा (तेक्वान्दो), अनुजा कुलुङ राई (कबड्डी), दिपा शाही (फुटबल), भरत सिंह महता (पारा तेक्वान्दो), कविराज नेगी लामा (पारा तेक्वान्दो प्रशिक्षक), राजु डंगोल महर्जन (खेल चिकित्सक), र धनकुमार मैनाली (खेल निर्णायक) रहेका छन्।

त्यस्तै, खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार श्रीलोचन राजोपाध्याय (नयाँ पत्रिका) लाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरिएको छ। उक्त सम्मानको राशी ५० हजार रुपैयाँ रहेको छ।

साथै, खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार अन्तर्गत विभिन्न प्रदेशका ९ जना पत्रकारलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। सम्मानित पत्रकारहरूमा मुकुन्द घिमिरे (कोशी), शरद चन्द्र भट्टराई (मधेश), विक्रम कुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ (लुम्बिनी), दिनेश कुमार बुढा (कर्णाली), दिनेश बहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) रहेका छन्।

राष्ट्रिय खेलकुद सम्मान २०८२

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय