+
+
Shares

विद्यालय शिक्षा विधेयक : ७ घण्टादेखि सांसदहरू कुरेको कुर्‍यै

सहमतिको प्रयास जारी

समितिबाट विधेयक पारित गराएर सभामा पठाउने अन्तिम चरणमा पुगेको भए पनि केही विषयमा विवाद कायम हुँदा पेचिलो बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १५:५१

१६ असार, काठमाडौं । शिक्षकहरूलाई असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकेपनि अन्तिम अवस्थामा विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन नसक्दा पेचिलो बन्दै गएको छ ।

आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए ।

समितिबाट विधेयक पारित गराएर सभामा पठाउने अन्तिम चरणमा पुगेको भए पनि केही विषयमा विवाद कायम हुँदा पेचिलो बनेको हो ।

हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।

विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सत्तारुढ दलका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।

अहिले देउवा र शिक्षामन्त्रीबीच भेटवार्ता भइरहेको छ । समिति सभापति अम्मर बहादुर थापाका अनुसार मन्त्री पन्त फर्किएपछि बैठक बस्ने तयारी छ ।

समितिको बैठकका लागि बिहान साढे ८ बजेदेखि नै सांसदहरू सिंहदरबार पुगेका थिए । उनीहरू अहिले पनि कुरिरहेका छन् । यद्यपि विधेयकका केही प्रावधानमाथि शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुट्न नसक्दा बैठक अन्योल बनेको छ ।

अनौपचारिक रुपमा बैठक बसिरहेको भए पनि सहमति जुट्न भने सकेको छैन ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको थियो ।

शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाए ।

मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।

यद्यपि सो विषयमा सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?