
१६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारका कारण विद्यालय शिक्षा विधेयक रोकिने अवस्थामा पुगेको बताएका छन् ।
समितिबाट पास गराउने अन्तिम चरणमा रहेको यो विधेयक अन्तिम अवस्थामा पुगेर अड्किने संकेत देखिएको छ ।
विद्यालय शिक्षा विधेयकका केही विषयमा कुरा नमिल्दा शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता पनि गरेका थिए ।
यद्यपि सहमति जुट्न नसकेपछि बैठक स्थगित गर्न शिक्षामन्त्री पन्तले आग्रह गरेका छन् ।
शिक्षामन्त्री पन्तको आग्रहपछि पूर्वशिक्षामन्त्री समेत रहेका माओवादी सांसद दाहालले विधेयक टुंग्याउन आवश्यक रहेको बताए ।
‘बिट मार्ने दिन थियो । खुसी मान्ने दिन थियो । दिनभरिको दौडधुपले आजको मितिसम्म सरकार क्लियर रहेनछ,’ सांसद पौडेलले भने, ‘जस अपजस त आउला समितिलाई । बिट मार्न पठाएका साथि फर्केर आउँदा स्थिगित गरौं भन्नुहुन्छ । सरकारको कारण रोकियो । सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।’
उनले शिक्षक महासंघसँग गरिएको सहमति किन कार्यान्वयन हुन नसकेको भन्दै उनले प्रश्न गरे ।
‘वार्ता सम्झौता सहमति कार्यान्वयन के हो ? को को बसेर भन्दा अर्थ गृह शिक्षा समिती सभापती सचेतक बसेर सहमति गरेको ?,’ उनको प्रश्न छ, ‘१५ गतेसम्म ल्याउनु सहमति गर्यौं । व्यवहभार कहाँ लाग्छ सरकारलाई, थाहा छैन ? दुखको साथ भन्नुपर्छ सरकारको परिपक्वता भएन ।’
प्रतिक्रिया 4