
१६ असार, काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् । उनलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो ।
उनले नेपाल र विदेशमा समेत रहेका महिला तथा पुरुषहरु सँग रकम दिँदै भिडिओ कलममार्फत अश्लिल क्रियाकलापमा सहभागी गराउने गरेको आरोप लागेको छ ।
त्यसैगरी अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको पाइएको समेत जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
पक्राउ परेका उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२१ बमोजिमक अश्लिल किताब, पर्चा इत्यादी बनाउन वा बेच्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4