+
+
Shares

डेटिङ एप बनाएर काठमाडौंमा चिनियाँको अवैध धन्दा, समातिए ६ जना

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १७:२०

१८ असार, काठमाडौं । डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ ।

नेपाली युवा युवतीहरुलाई डेटिङ एमार्फत सम्पर्क गरी अनलाइन डेटिङ स्क्याममा लगाउने गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । यसका साथै उनीहरुले क्रिप्टोको कारोबार गरेको पनि सीआईबीले बताएको छ ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख ९९ हजार ९५० अवैध रकम पनि बरामद गरेको छ । यो घटनामा सीआईबीले ५२ जनालाई नियन्त्रणमा लिएको बाँकी ४६ जनालाई भने हिरासत बाहिरै राखेर मुख्य ६ जनालाई हिरासतमै राखेर अनुसन्धन अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?