
१७ असार, काठमाडौं । नेपाल खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीले बार काउन्सिलको परीक्षामा सहभागी हुने वातवरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई आग्रह गरेका छन् ।
खुला विश्ववद्यालयको कुलपतिसमेत रहेका मन्त्री पन्तलाई भेटेर विद्यार्थीले ध्यानकर्षण पत्र बुझाएका छन् । अधिवक्ता लाइसेन्स परीक्षाको फाराम भर्ने समय २१ असारसम्म मात्र छ ।
तीन दिनमात्र बाँकी भएकाले कुलपतिलाई भेटेर ध्यानकर्षण गराएका हुन् । ‘विश्वविद्यालयको अभिभावक शिक्षा मन्त्री हो । आज भेटेर ध्यानकर्षण गराएका छौँ । मन्त्रीज्यूले पहल गर्नुभएको छ,’ लाइसेन्स परीक्षा दिने तयारीमा रहेका नरेन्द्र सिजापतिले भने ।
अदालतले समेत परीक्षामा सामेल गराउन अन्तिरिम आदेश दिए पनि काउन्सिलले पहिलो ब्याचका विद्यार्थीलाई मात्र सहभागी गराएर दोस्रो ब्याचका विद्यार्थीलाई परीक्षामा वञ्चित गराउन खोजेको विद्यार्थीको गुनासो छ ।
प्रतिक्रिया 4