+
+
Shares

जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भए।
  • प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
  • घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

१९ असार, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार पहिचान नखुलका दुई जना पुरुष उछिटिएर एसआर६९बी५६२२ नम्बरको एलपी ग्यास ट्यांकरको चक्काभित्र परेका थिए ।

घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?