+
+
Shares

भोजपुरको चिरखुवा खोलामा बन्यो पक्की पुल

रासस रासस
२०८२ असार २० गते ९:४७
Photo Credit : RSS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरको चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०.६० मिटर लामो पुल निर्माण भएको छ ।
  • षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
  • पुल २०.६० मिटर लामो छ ।

२० असार, भोजपुर । भोजपुरको चिरखुवा खोलामा पाँच करोड ६२ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ । पुल २०.६० मिटर लामो छ ।

पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?