+
+
Shares

यातायात क्षेत्र व्यवस्थित बनाउँछौं : भौतिकमन्त्री

सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने भौतिकमन्त्री दाहालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन उच्च प्राथमिकता दिएको बताए।
  • उनले भारबहन क्षमता अनुसार सवारी सञ्चालन गर्न र संरचनाको संरक्षण गर्न आवश्यक रहेको बताए।
  • मन्त्री दाहालले सडक र पुललाई उत्पादनसँग जोड्न र गाउँ तथा सहरको दूरी कम गर्न आवश्यक रहेको बताए।

२० असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए ।

सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए ।

नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारबहन क्षमता कडाइसाथ लागु गर्न आवश्यक रहेको उनले बताए । अधिक भारका मालवाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने बताए ।

उनले नेपालका सडक, पुल लगायत संरचना संरक्षण सबैको दायित्व रहेको पनि उल्लेख गरे । ‘हाम्रो भूबनोट तथा सडकको अवस्था अनुसार पुलहरूको निर्माण गरिएको हुन्छ,’ मन्त्री दाहालले भने, ‘निश्चित भार क्षमताका ती संरचनामा जथाभावी अधिक भारका सवारीसाधन त चलाउनु भएन, हाम्रा संरचना संरक्षण गर्ने जिम्मेवारी सबैको हो ।’

नेपाल अहिले निर्माण चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र हुँदैन भन्नेहरूको भ्रमलाई एसियन मापदण्डमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गले चिरिरहेको समेत दाबी गरे ।

यस्तै उत्तर–दक्षिण करिडोरका रूपमा निर्माण भइरहेका राजमार्गले नेपाललाई चीन र भारतसँगको पहुँच पनि बलियो बनाइरहेको मन्त्री दाहालको भनाइ छ । हुम्लामा समेत पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उनले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताए ।

‘हामीले सडक तथा पुल त बनायौं तर यो नै अन्तिम विकास होइन, यी संरचनालाई उत्पादनमा जोड्नु जरुरी छ,’ मन्त्री दाहालले भने, ‘अब सहर र गाउँको दुरी टाढा रहेन, गाउँमा पनि उद्यमशीलता विकास गर्न सहज भएको छ । त्यहाँ उत्पादित तथा प्रशोधित कृषि उपज लगायत उत्पादन बजारसम्म ल्याएर उत्पादन वृद्धितर्फ पनि हामीले ध्यान दिने बेला आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?