+
+
Shares

जसपा मधेशका अध्यक्ष र सर्लाही एसपीबीच फोनमा विवाद

अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १५:०१

२० असार, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेशका अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको छ ।

एसपीलाई फोनमा ‘को हो तिमीहरु’ भन्दै अपशब्द बोलेको समेत सार्वजनिक अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरु’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ ।

त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरु मधेशमा लुट्न आएको’ भन्दै गम्भीर आरोप लगाएको पनि सुनिन्छ ।

अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

‘घटना के हो ? कसरी भयो भन्ने विषयमा छानबिन गर्न मधेश प्रदेश प्रहरीलाई भनिसकेका छौं’, प्रवक्ता घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?