+
+
Shares

‘नेसनल म्युजिक अवार्ड २०८१’ हुने, यस्तो छ नयाँ नियम

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी शनिबार काठमाडौंमा ‘नेसनल म्युजिक अवार्ड’ आयोजना हुनेछ।
  • अवार्ड समारोहमा १४ विधाका कलाकार र सांगीतिक प्रस्तुति हुनेछन्।
  • कार्यक्रमले युवा कलाकारलाई स्थान दिँदै अवार्ड र कन्सर्ट सँगै आयोजना गरिनेछ।

काठमाडौं । आगामी शनिबार ‘नेसनल म्युजिक अवार्ड’ आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने अवार्डमा १४ प्रमुखसहित दीर्घ साधना सम्मान लगायतका विधा संलग्न छन् ।

सो अवसरमा हुने कन्सर्टमा गायक कुमा सागरदेखि दुर्गेश थापासहित १० कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । ३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा समारोह हुन लागेको हो ।

कुमा र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले सांगीतिक प्रस्तुति दिनेछन् । कमेडियन सुन्दर खनाल र सुजिता श्रेष्ठको पनि प्रस्तुति तय छ ।

कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले उक्त अवार्डले आफ्नो स्तर बढाउँदै कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको बताए । ‘पहिला हामी पाँचतारे होटलमा कार्यक्रम गर्दै टेलिभिजनमार्फत दर्शकमाझ पुग्दै आएका थियौँ । तर, यो पटक दर्शक सँगसँगै बसेर हामी कार्यक्रम गर्दैछौं’ ठकुरीले भने, ‘यो पटक हामी पाँचतारे होटल बाहिर बसेर दर्शकसँगै यो कार्यक्रम गर्छौँ । यो म्युजिकल नाइट्समा युवा कलाकारलाई स्थान दिँदै उहाँहरूको प्रस्तुतिमार्फत हामी सँगै रमाउनेछौँ ।’

रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिने गरिएपनि यसपटक अन्य माध्यममा बजेका गीतलाई पनि समेटिने बताए ।

‘अहिले हामीले कान्तिपुरमा बजेका मात्रै होइन बाहिर बजेका गीतलाई पनि अवार्डमा समेट्छौँ,’ आचार्यले भने, ‘टिकट किन लिनुभयो भन्नुहोला ? खासमा अपनत्व अनुभव गराउन हामीले टिकट राखेका हौँ । सङ्गीतका मूर्धन्य व्यक्तित्वलाई उहाँहरूले सङ्गीतमा गर्नु भएको जीवन लगानीको कदर स्वरूप पनि हामीले टिकट राखेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?