
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल १९ असारमा छुटेका छन्।
- उनी पक्राउ परेसँगै अस्पताल भर्ना भएका थिए।
- स्वास्थ्यको कारण देखाउँदै अदालतले उनीविरुद्ध म्याद थप नगरेको हो।
२२ असार, काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् ।
चेक बाउन्सको उजुरीका आधारमा गत १३ असारमा पक्राउ परेका भेटवाल अदालतले म्याद थप नगरिदिएपछि गत १९ असारमा छुटेका हुन् ।
१३ असारमा पक्राउ परेका भेटवाललाई सोही दिनबाट गणना हुनेगरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो । उनी पक्राउ परेलगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।
अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका भेटवाललाई सो दिन म्याद थप नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।
‘स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन । त्यसपछि हामीले केही गर्ने कुरा भएन,’ एसपी बोहराले भने ।
करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4