
News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएको छ।
- अखिल क्रान्तिकारीले माग पूरा नभएसम्मको लागि प्रवेश निषेध जारी राख्ने बताएको छ।
- सर्वोच्च अदालतले बुधबार लगाएको ताला खोल्न आदेश दिएपछि आंशिक प्राध्यापकहरूले शुक्रबार खोलेका थिए।
२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् ।
उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो ।
अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो ।
सोही अनुसार शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका थिए ।
सर्वोच्चको आदेश अनुसार आंशिक प्राध्यापकसहित नेविसंघ निकट विद्यार्थी र अखिल क्रान्तिकारीले लगाएको ताला आफैं खोलेका हुन् ।
तर, ताला खोलेसँगै अखिल क्रान्तिकारीले भने पदाधिकारीलाई प्रवेशमा रोक लगाएको हो ।
अखिल क्रान्तिकारी त्रिविको कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नहुँदासम्मको लागि प्रवेश निषेध गरेको जनाएका छन् ।
प्रतिक्रिया 4