
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपुतले काभ्रेको पनौतीबाट ‘मिरमिरे’ नामक फिल्मको छायांकन सुरु गरे।
- छायांकन ३५ दिनसम्म चल्ने र मुख्य रूपमा काभ्रेका विभिन्न स्थानहरूमा हुने जनाइएको छ।
- फिल्मको निर्देशन याम शेर्पाले गर्नुभएको छ र २०८२ सालमा रिलिज हुने अपेक्षा गरिएको छ।
काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपुतको काभ्रेको पनौतीबाट आगामी फिल्म ‘मिरमिरे’को छायांकन थालेका छन् । साता लामो कार्यशाला सकिएसँगै कलाकार छायांकनमा जोडिएका हुन् ।
पनौती नगरपालीका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन सुरु भएको हो । छायांकन तालिका ३५ दिनलाई तय छ ।
फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुने जनाइएको छ । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मको मुख्य भूमिकामा दयाहाङ र प्रकाशसहित सिर्जना निङलेखुले अभिनय गर्दैछिन् ।
राई र निङ्लेखुले ‘कार्साङ’मा पनि स्क्रिन सेयर गरेका थिए । यसबाहेक माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा पनि कलाकार छन् । बालकलाकारमा साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
याम शेर्पाले यो फिल्मको निर्देशन गरिरहेका छन् । दयाहाङको शीर्ष भूमिका रहेको ‘कार्साङ’बाट शेर्पाले निर्देशनमा डेब्यु गरेका थिए । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता हुन् ।
सहनिर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर र ईश्वर श्रेष्ठ छन् । कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् । यो फिल्म २०८२ सालमा रिलिज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4