
News Summary
Generated by OK AI. Editorially reviewed.- आज ५ बजे पर्यटन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने भएका छन्।
- नाउपा सरकारबाट बाहिरिने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्रीले राजीनामा दिन लागेका हुन्।
- शनिबारको संसदीय दलको बैठकले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
२२ काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।
आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।
‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले अनलाइनखबरसँग भनिन्, ‘ त्यसकारण आज पर्यटन राज्यमन्त्री ज्यूले अपराह्न ५ बजे प्रधानमन्त्री ज्यूलाई भेटेर राजनीनामा बुझाउनुहुन्छ।’
शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
नाउपाबाट संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4