
२२ असार, काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रतिपक्षमा बस्ने संसद सचिवालयलाई जानकारी गराएको छ ।
आइतबार नाउपाले संसद सचिवालयलाई पत्र बुझाउँदै प्रतिपक्षमा बस्ने जानकारी गराएको नाउपा संसदीय दलको नेता गंगाराम थारूले जानकारी दिए ।
उनले भने, ‘हामीले प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई पत्रमार्फत गराएका छौं।’
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्यमन्त्री बनेका अरूण चौधरीले आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4