+
+
Shares

महोत्तरीमा ११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुँडिएर खस्दा एकजनाको मृत्यु भएको छ।
  • स्थानीयले विद्युत् प्राधिकरणको लापरबाहीलाई घटना कारण दाबी गरेका छन्।
  • प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

२२ असार, जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-७ भोयल टिमकियास्थित कृषि सडकमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया छन् । भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका बेला मुखियालाई करेन्ट लागेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको स्थानीय रोशनकुमार यादवले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।

विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ ।

स्थानीय रोशनकुमार यादवका अनुसार करिब चार वर्षअघि औरहीको पावर हाउसनजिक ११ हजार भोटको तार चुँडिएर खस्दा एकजनाको घाँटी काटिएर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?