
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको रंगेलीबाट प्रहरीले ४२५ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गर्यो।
- पक्राउ पर्नेमा एक भारतीय महिला समेत छन् र उनीहरूले १ लाख २१ हजार रुपैयाँ नगद र चार आइफोन पनि बरामद भएको छ।
- प्रहरीले थप अनुसन्धान गरी यस घटनाको कनेक्शन र कारोबारको स्रोत पत्ता लगाउने तयारी गरिरहेको छ।
२२ असार, विराटनगर। मोरङको रंगेलीबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो रंगेली नगरपालिका– ८ मा स्थीत डिल्लीराम श्रेष्ठको घरबाट १ राउण्ड हवाइ फायर गरी तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय महिला छन् ।
प्रहरीका अनुसार रंगेली नगरपालिका ८ घर भई सोही वडाका डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्ने ५४ वर्षीय कृत्यानन्द ठाकुर, रंगेली –८ दर्बेशाका ३० वर्षीय शुशील बुढाथोकी र भारत अररियाको जिल्लाको कुर्शाकट्टा घर भएकी ५० वर्षीय हसिना भन्ने बिजली खातुन पक्राउ परेका हुन् ।
ठाकुरको डेराबाट प्रहरीले ४२५ ग्राम ब्राउन सुगरजस्तो देखिने बस्तु, नगद १ लाख २१ हजार र ४ वटा आइफोन बरामद भएको छ । मोरङ प्रहरी प्रमुख नारायण चिमरीया मोरङमा ठूलो परिणाममा ब्राउन सुगर भेटिएको पहिलो पटक हो ।
लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय लागुऔषध अनुसन्धान ब्युरो काठमाडौं, लागूऔषध अनुसन्धान ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट टोली खटिएको थियो ।
पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेका बताउँदै अनुसन्धानपछि थप विषय खुल्ने चिमरियाले बताए । ‘मोरङमा ठूलो परिणामा ब्राउन सुगर भेटिएको यो सम्भवत यो पहिलो पटक हो,’ उनले भने,‘ यसको कनेक्सन कहाँसम्म छ अनुसन्धान गर्दैछौं।’
प्रहरी स्रोतका ठाकुर पूर्वी मोरङमा ब्राउन सुगर सप्लाई गर्ने कारोबारी हुन् । पछिल्लो समय मोरङको पूर्वी क्षेत्रमा ब्राउन सुगरको प्रयोग र कारोबार बढेको थियो । मोरङका उत्तरी क्षेत्रमा रंगेली हुँदै ब्राउन सुगर सप्लाई हुन्थ्यो ।
प्रतिक्रिया 4