+
+
Shares

देशभर ४१.९ प्रतिशत धान रोपाइँ, मधेशमा सबैभन्दा कम

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि मन्त्रालयले देशभर ४१.९ प्रतिशत धान रोपाइँ भएको जानकारी दिएको छ।
  • सुदूरपश्चिम प्रदेशमा ८२.८ प्रतिशत धान रोपाइँ भएको छ।
  • त्यस्तै मधेश प्रदेशमा सबैभन्दा कम १३.६ प्रतिशत हो।

२२ असार, काठमाडौं । यसवर्ष २२ असारसम्म देशभर कूल ४१ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २२ असारसम्म ४१.९ प्रतिशत धान रोपाइँ भएको हो ।

देशभर १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा ५ लाख ८० हजार ८ सय ८६ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

गत वर्ष २२ असारसम्म ४३.५ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेशगत तथ्यांक हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिममा ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २३ असारसम्म सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।

यसैगरी, कर्णाली प्रदेशमा ७१.७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, मधेशमा १३.६ प्रतिशत र कोसी प्रदेशमा २९.५ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

यस वर्ष सबैभन्दा कम मधेश प्रदेशमा रोपाइँ भएको छ । अघिल्लो वर्षको २३ असारसम्म मधेशमा २५.५ प्रतिशत रोपाइँ सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?