
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जदौ’को शीर्ष भूमिकामा नीति शाह अनुबन्धित भएकी छिन्।
- काजी लिम्बुको पटकथा र मुकुन भुसालको भूमिका तय भएको छ।
- छायांकन भदौ पहिलो साताबाट दाङ र प्युठानमा हुनेछ।
काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन् । निर्माता र अभिनेत्रीबीच लिखित सहमति भएको छ ।
काजी लिम्बुको पटकथा रहेको फिल्मका शीर्षमध्येको भूमिकामा यसअघि नै मुकुन भुसाल अनुबन्धित छन् । सिल्भर स्क्रिन इन्टरटेनमेन्ट र सम्मिश्रण मूभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् ।
बुद्धी माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ ।
फिल्मको प्यूठान निर्माण ब्यबस्थापकमा लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले निर्देशक तथा बाँकी कलाकार, प्राविधिकबारे चाँडै विस्तृत जानकारी दिने बताएकी छन् ।
प्रतिक्रिया 4