+
+
Shares

भत्किएको त्रियुगा पुलमुनि माछा मार्न गएका युवक बेपत्ता, खोजी कार्य जारी

सोमबार दिँउसो नुहाउन आएका चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राई माछा मार्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बबिन राईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १९:४१
उदयपुरको चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा गाउँ जोड्‍ने त्रियुगा नदीमाथि बनेर भत्किएको पुल। सोही पुलमुनि माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन्। तस्वीर : भाष्कर चौधरी

२३ असार, काठमाडौं। उदयपुरको चौदण्डीगढी-५मा रहेको त्रियुगा नदीमाथि बनेर भत्किएको पुलमुनि माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।

सोमबार दिँउसो नुहाउन आएका चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राई माछा मार्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बबिन राईले बताए ।

उनले भने, ‘ त्रियुगाको भत्किएको पुल मुनि माछा मार्ने क्रममा एक जना युवक बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी राखेका छौं।’

उनका अनुसार सुरजसँग उनका साथीहरू प्रताप राई र सुरेश माझी पनि नुहाउन आएका थिए । तर सुरज पुल मुनि भत्किएको पिल्लर मुनि माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।

यता, बेपत्ता युवकको प्रहरी र स्थानीय मिलेर खोजी कार्य गरिरहेको चौदण्डीगढी-५का स्थानीय भाष्कर चौधरीले बताए।

उनले भने, ‘ तीन जना युवाहरू नुहाउन भनेर आएका रहेछन्। पुलमुनि भत्किएको पिल्लरको मुनि खाल्डोमा माछा धेरै देखेर त्यहाँ सुरज राई भन्‍ने युवा पसेका थिए। तर उनी बाहिर निस्कन सकेका छैनन्। हामी उनको खोजी गरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?