+
+
Shares

एमआरपी नराख्ने शक्तिदेवी इन्टरनेसनल प्रालिलाई ३ लाख जरिबाना

विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका–९ मा रहेको शक्तिदेवी इन्टरनेसनल कम्पनीलाई २ लाख ९० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १९:५८
प्रतिकात्मक तस्वीर

२३ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शक्तिदेवी इन्टरनेसनल प्रालिलाई करिब ३ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका-९ मा रहेको उक्त कम्पनीलाई २ लाख ९० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनुगमन क्रममा शक्तिदेवी इन्टरनेसनलले आफ्ना उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जानकारी दिएको छ ।

विभागले सोमबार ५ उद्योग तथा फर्म अनुगमन गरेको थियो । पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

अनुगमनमा विभागले दैनिक रूपमा एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने उद्योगी-व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?