
२३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो ।
सिफारिस भएका केसी हाल उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।
१५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि २ वैशाखमा शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
त्यसैगरी विनिल अर्याल विज्ञान तथा प्रविधि संकायका पूर्व डिन हुन् । दिपक अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
अब तीन जनाबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्ने छन् ।
ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो ।
प्रतिक्रिया 4