+
+
Shares

हुम्लाको खार्पुनाथमा एम्बुलेन्स दुर्घटना

खार्पुनाथ गाउँपालिकाबाट सिमकोट गाउँपालिका-१ दोजाम जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोखरेलले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते २१:०६

२३ असार, हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित भित्र गौंडामा एम्बुलेन्स दुर्घटना भएको छ।

खार्पुनाथ गाउँपालिकाबाट सिमकोट गाउँपालिका-१ दोजाम जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोखरेलले बताए ।

उनका अनुसार पाँच जना सवार रहेको उक्त एम्बुलेन्स खार्पुनाथ गाउँपालिकाको हो ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?