News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिसमिल्लाह जान शिनवारीको ४१ वर्षको उमेरमा निधन भएको छ।
- शिनवारीले ३४ एकदिवसीय र २६ टी–२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गरेका थिए।
- नेपाल प्रिमियर लिगमा समेत उनी अम्पायरको भूमिकामा थिए।
२४ असार, काठमाडौं । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिसमिल्लाह जान शिनवारीको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका शिनवारीको ४१ वर्षको उमेरमा निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले पुष्टि गरेको छ ।
१९८४ मा जन्मिएका शिनवारीले आफ्नो करियरमा ३४ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टी–२० अन्तर्राष्ट्रिय (टी-२०आई) खेलमा अम्पायरिङ गरेका थिए। उनी अफगानिस्तानको एलिट अम्पायरिङ प्यानलका एक सम्मानित सदस्य थिए।
शिनवारीले ३१ फर्स्ट क्लास, ५१ लिस्ट ‘ए’ र ९६ घरेलु टी–२० खेलहरूमा पनि अम्पायरिङ गरेका थिए। उनी अफगान क्रिकेटका समर्पित सेवकका रूपमा चिनिन्थे।
नेपालले खेलेका विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा पनि अम्पायरिङ गरेका शिनवारीले नेपालमा आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा समेत अम्पायरको भूमिका निर्वाह गरेका थिए।
अफगानिस्तान क्रिकेट बोर्डले एक शोक सन्देश जारी गर्दै शिनवारीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। बोर्डले भनेको छ, ‘हामी अत्यन्त दुःखी र स्तब्ध छौं। बिसमिल्लाह जान अफगान क्रिकेटका महान् सेवक थिए। हामी उनको परिवार, मित्र, र सम्पूर्ण अफगान क्रिकेट समुदायप्रति हार्दिक समवेदना प्रकट गर्छौं।’
प्रतिक्रिया 4