+

चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि

२०८२ असार  २४ गते १२:२१ २०८२ असार २४ गते १२:२१
चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौथो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ देखि २८ गतेसम्म आयोजना हुनेछ।
  • यस प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता सहितको खेलाडी पाउनेछ।
  • प्रतियोगितामा १० तौल समूहमा पुरुष र महिलाका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्।

२४ असार, काठमाडौं । चौथो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ गतेदेखि असार २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा हुने आयोजकले बताएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति काठमाडौंले यसै प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता सहितको खेलाडी पाउने बताएको छ ।

जिल्ला समन्वय समितिको घोषणा कार्यक्रमअनुसार उत्कृष्ट एक महिला र एक पुरुषले काठमाडौं जिल्ला समन्वय समितिको तर्फबाट एक-एक वटा ई–स्कुटर पाउनेछन् । अन्य प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई प्रथम १५ हजार, द्वितिय १० हजार र तृतीय स्थान हाँसिल गर्ने दुई जनालाई ५/५ हजार नगद पुरस्कार दिइनेछ ।

पुरस्कार १० वटै तौल समूहलाई प्रदान गरिनेछ । लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले बताएको छ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८) केजी तौल समूहहरु साथै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछन् ।

लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउनेछन् । हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा जिल्ला बाहिरका खेलाडीहरुलाई खान, बस्न र यातायात लगायतका खर्च जिल्ला समन्वय समिति काठमाडौंले व्यवस्थापन गर्ने बताइएको छ ।

हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको पनि बताइएको छ ।

न्युज एजेन्सी नेपाल

खुल्ला लिग तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय