+
+
Shares

सोबितालाई प्रधानमन्त्रीको सचिवालयले सोध्यो- स्पेन गएका को फर्किएनन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १४:४१

२४ असार, काठमाडौं । स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोबिता गौतमले गत १४–२० असारमा भएको प्रधानमन्त्रीको भ्रमणमा गएकाहरू नफर्किएको भन्दै समाचार आएको विषय गम्भीर रहेको बताएकी थिइन् ।

सो बारे प्रधानमन्त्रीको सचिवालयले भने कोको नफर्किएको हो ? भन्ने देखाइदिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले उक्त भ्रमणमा गएकाहरूको सूची अनलाइनखबरलाई उपलब्ध गराउँदै नफर्किएकाहरू को को हुन् ? भनेर प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा जाने टोलीको नामको प्रमाणित सूची पठाएको छु । माननीय सोबिता गौतमलाई यो सूची पढेर सुनाइदिनुस् वा देखाइदिनुस्,’ बजगाईंले भने, ‘अनि यो सूचीमा नाम भएको को नफर्केको हो भनेर सोधिदिनुस् ।’

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गएको थियो ।

उक्त टोली २० असारमा नेपाल फर्किएको छ ।

यस्तो छ प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको सूची:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?