+

बिर्सना चौधरीले महिला यू-२० टिमको कप्तानी गर्ने

२०८२ असार  २४ गते १८:०९ २०८२ असार २४ गते १८:०९
बिर्सना चौधरीले महिला यू-२० टिमको कप्तानी गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिर्सना चौधरी नेपाली यू-२० महिला राष्ट्रिय टोलीको कप्तान नियुक्त भएकी छन्।
  • साफ यू-२० च्याम्पियनसिपको लागि बंगलादेश जाने टोलीलाई बिदाइ कार्यक्रममा कप्तानको जिम्मेवारी दिइएको हो।
  • नेपालले यस च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको छ।

२४ असार, काठमाडौं । बिर्सना चौधरी नेपाली यू-२० महिला राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भएकी छन् । यही जुलाई ११ देखि बंगलादेशमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि बिर्सनालाई कप्तान चयन गरिएको हो ।

बंगलादेश जाने यू२० टोलीलाई मंगलबार बिदाइ गर्न आयोजित कार्यक्रममा बिर्सनाले कप्तानी गर्ने घोषणा गरिएको हो । यसअघि सिनियर टिमले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेल्दा कप्तान नतोकी जाँदा विवाद समेत आएको थियो ।

साफ यू-२० च्याम्पियनसिपका लागि पनि बंगलादेश जानु एकदिनअघि बिदाइ कार्यक्रममा बिर्सनालाई कप्तानको जिम्मेवारी दिइएको हो । नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने बिर्सनाले टिम राम्रो रहेको राम्रो प्रदर्शन गर्ने बताइन् ।

साफ यू-२० महिला च्याम्पियनसिप नेपालले अहिलेसम्म जित्न सकेको छैन । मुख्य प्रशिक्षक याम गुरुङले पनि यस पटक नेपालको लक्ष्य उपाधि नै रहेको बताए ।

उनले यस पटक टिम राम्रो बनेको र उपाधि जित्नकै लागि खेल्ने बताए ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका गरी दक्षिण एसियाका चार राष्ट्रको मात्र सहभागि रहनेछ ।

डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

बिर्सना चौधरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय