+
+
Shares

यस वर्षको हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १८:१३

२४ असार, काठमाडौं । हेमबहादुर मल्ल सम्मान यसवर्ष पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

मंगलबार काठमाडौंमा नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो ।

न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्‍याउनुभएको योगदानको लागि उनलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले बताए ।

सो अभिनन्दपत्रसहित नगद दुई लाखले उनलाई असार २६ गते बिहीबार सम्मान गरिने बताए ।

श्रेष्ठ नेपालको २५ औं प्रधानन्यायाधीश हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?