News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक भएको छ।
- नेपालले प्रतियोगितामा भारत, भुटान र बंगलादेशसँग खेल्नेछ।
- प्रतियोगिता अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुनेछ।
२५ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक भएको छ।
अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतविरुद्ध खेल्नेछ। सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली मात्र सहभागी छन्।
डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।
नेपालको खेलतालिका
अगस्ट २० : नेपालविरुद्ध भारत
अगस्ट २२ : नेपालविरुद्ध भुटान
अगस्ट २४ : नेपालविरुद्ध बंगलादेश
अगस्ट २७ : बंगलादेशविरुद्ध नेपाल
अगस्ट २९ : भारतविरुद्ध नेपाल
अगस्ट ३२ : भुटानविरुद्ध नेपाल
प्रतिक्रिया 4