+
+
Shares

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य नरहने गरी निष्कासन गरेको छ।
  • निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा अनुशासन समितिले उनलाई कारबाही गरेको हो।

२५ असार, काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका हुन् ।

खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको कारण देखाइएको छ ।

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ अनुशासन समितिले उल्लेख गरेको छ ।

नवलपरासीस्थित बर्दघाट नगरपालिका– १० का खनाल नेता डा. शेखर कोइराला निकट छन् । खनालकै विषयलाई लिएर केन्द्रीय समिति बैठकमा नेता कोइराला र केन्द्रीय सदस्य चौधरीबीच जुहारी समेत चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?