+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कुलिङ पिरियड गडबडी छानबिन गर्ने विशेष समितिको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १५:३७

२५ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको गडबडीबारे अध्ययन गर्न विशेष समितिको बैठक सुरु भएको छ।

बुधबार सिंहदरबारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको सभाहलमा बसिरहेको बैठक समितिका संयोजक जीवन परियारको अध्यक्षतामा बसिरहेको छ ।

प्रतिवेदनमा खासगरी कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा देखिएको त्रुटि अध्ययन गर्न सभामुख देवराज घिमिरेले परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका थिए । उक्त समितिलाई छानबिनको लागि २१ दिनको समय दिइएको छ ।

समितिमा सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?