+
+
Shares

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे गलत प्रचार भइरहेको छ : परराष्ट्र मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे भ्रामक र तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
  • मन्त्रालयले प्रतिनिधिसभामा सांसद सोबिता गौतमले उठाएको भ्रमपूर्ण आरोपलाई असत्य भन्दै विश्वास नगर्न आग्रह गरेको छ।
  • उक्त सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्किसकेको मन्त्रालयले जनाएको छ।

२५ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे गलत प्रचार भइरहेको बताएको छ ।

स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रम बाहना बनाएर गएकाहरू नफर्किएको बताएकी थिइन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभई विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको विषय भएको जिकिर गरेकी थिइन् ।

संसद्मा यस विषयमा कुरा उठेपछ मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक र आधारहीन यस्ता सामग्रीमा विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको छ ।

३० जुनदेखि ४ जुलाईसम्म सम्पन्न उक्त सम्मेलनमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सबै सदस्यहरू स्वदेश फर्किसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?