+

एन्सेलोटीलाई कर छलीमा एक वर्षको जेल सजाय, तर जेल भने जानु नपर्ने

२०८२ असार  २५ गते २२:१४ २०८२ असार २५ गते २२:१४
एन्सेलोटीलाई कर छलीमा एक वर्षको जेल सजाय, तर जेल भने जानु नपर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनको अदालतले ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीलाई कर छलीको आरोपमा एक वर्ष कैद सजाय सुनाएको छ।
  • उनले २०१३ देखि २०१५ सम्म रियल मड्रिडमा हुँदा कर नतिरेको आरोप लागेपछि ३ लाख ८६ हजार युरो जरिवाना तिर्नुपर्ने भएको हो।
  • स्पेनमा दुई वर्षभन्दा कम सजाय र आपराधिक इतिहास नभएका व्यक्तिहरूलाई जेल जानु आवश्यक नहुने कानुनी व्यवस्था छ।

२५ असार, काठमाडौं । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनको अदालतले कर छलीको आरोपमा एक वर्ष कैद सजाय सुनाएको छ। तर, उनी जेल भने जानु पर्ने छैन।

एन्सेलोटीले सन् २०१३ देखि २०१५ सम्म रियल मड्रिड क्लबमा हुँदा पहिलो कार्यकालको समयमा आफ्नो तलबबाट झण्डै १० लाख युरो कर नतिरेको आरोप लागेको थियो। अदालतको फैसलाअनुसार अब उनले ३ लाख ८६ हजार ३६१.९३ युरो जरिवाना तिर्नुपर्नेछ।

स्पेनी कानुनअनुसार दुई वर्षभन्दा कम सजाय पाएका, पहिले कुनै आपराधिक इतिहास नभएका र गैरहिंसात्मक अपराधमा दोषी ठहरिएका व्यक्तिहरूले जेल जानु पर्दैन।

६६ वर्षीय एन्सेलोटी गत सिजनको अन्त्यमा रियल मड्रिड छोडेर ब्राजिलको राष्ट्रिय टोलीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

यसअघि एन्सेलोटीले अदालतमा बयान दिँदै आफूले कहिल्यै कर छल्ने मनसाय नराखेको बताएका थिए। उनले रियल मड्रिडबाट नेट ६ मिलियन युरो तलब पाउने सहमति भएको र त्यसको संरचना आर्थिक सल्लाहकारलाई जिम्मा दिएको बताएका थिए।

स्पेनमा यसअघि पनि चर्चित खेल व्यक्तित्वहरू कर छलीका कारण दोषी ठहरिएका छन्। लियोनेल मेस्सीलाई पनि २०१७ मा २१ महिनाको जेल सजाय सुनाइए पनि पछि जरिवाना तिरेर सजाय हटाइएको थियो।

क्रिस्टियानो रोनाल्डोले २०१९ मा १८.८ मिलियन युरो जरिवाना स्वीकार गरेका थिए। जोसे मोरिन्होलाई पनि रियल म्याड्रिडको प्रशिक्षक रहँदा करसम्बन्धी मुद्दामा २.२ मिलियन युरो जरिवाना गरिएको थियो।

-बीबीसीबाट

कार्लाे एन्सेलाेटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय