News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई एनपीएलका लागि काठमाडौं गोर्खाजको प्रशिक्षक बन्न सक्ने संकेत देखिएको छ।
- काठमाडौं गोर्खाजले मोन्टीको जस्तै आवाज सुनिने अडियो क्लिप सार्वजनिक गरेको छ ।
- गोर्खाजले आगामी सिजनका लागि मार्की करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ।
२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गोर्खाजको प्रशिक्षकका रूपमा नेपाल फर्कन सक्ने संकेत देखिएको छ।
हालै काठमाडौं गोर्खाजले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक अडियो क्लिपमा ‘आयो गोर्खाली’ भन्ने आवाज मोन्टीकै भएको बुझिएको छ ।
फ्रेन्चाइजसँग नजिक स्रोतहरूले पनि उनको नियुक्ति लगभग टुंगिएको बताएका छन्। यद्यपी यसबारेमा आधिकारिक घोषणा भने हुन बाँकी छ । आज-भोलिमा सार्वजनिक हुने बताइएको छ।
गोर्खाजले आगामी सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।
एनपीएलको दोस्रो संस्करणका लागि अगस्टमा मिनी अक्सन हुने तालिका छ ।
प्रतिक्रिया 4