+
+
Shares

बाढीपहिरो पीडितको उद्धार, राहत र पुन:निर्माणमा लाग्न माओवादी केन्द्रको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १९:३५

२६ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हालै आएको बाढी र पहिरो पीडितको उद्धार, राहत र पुन:निर्माणमा गम्भीरताका साथ लाग्न सरकारसँग आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले जनताको जिउधनको रक्षा गर्न र जोखिम हुनबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग गरेको बताए ।

साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय गरेको पनि उनले जानकारी गराए ।

संघीय निजामति ऐनमा कुलिङ पिरियड छेडखानी सम्बन्धमा समितिमा भएको सहमतिअनुसार नै राष्ट्रिय सभाबाट पारित गर्नेतिर पहलकदमी लिने बारेमा छलफल भएको उनले बताए ।

कुलिङ पिरियड छेडखानीबारे बनेको संसदीय छानविन समितिको संयोजक ठूलो पार्टीले गर्ने र अरु सदस्य हुनेकुरा परम्पराअनुसार नै रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?