
News Summary
Generated by OK AI. Editorially reviewed.- पपस्टार जस्टिन बिबरले मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर २० गीत समावेश गरेको ‘स्वाग’ नामक नयाँ एल्बम सार्वजनिक गरेका छन्।
- एल्बममा सेक्सी रेड, क्यास कोबेन र गुन्ना लगायत र्यापरसँग सहकार्य गरिएको छ र शीर्षक सन् २०१२ को एल्बम ‘ब्वाइफ्रेन्ड’को हुकलाइनबाट राखिएको हो।
- बिबरले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवन र पापाराजीको घुसपैठबारे पोस्ट गरेका छन् र विवाहसम्बन्धी विवाद पनि चर्चामा आएको छ।
पपस्टार जस्टिन बिबरले ‘स्वाग’ नामक नयाँ एल्बम सार्वजनिक गरेर प्रशंसकलाई चकित तुल्याएका छन् । उनको मानसिक स्वाथ्यलाई लिएर चौतर्फी चासो व्यक्त भैरहँदा एल्बम ल्याएका हुन् ।
२० गीत समावेश उनको एल्बममा ड्याड्ज लभ, डिभोसन र थेरापी सेसनजस्ता ट्रयाक समावेश छन् ।
‘फादर्स डे’को अवसरमा खिचिएको एक भिडियोमा उनी फोटोग्राफरहरूसँग नोकझोक गर्दै गरेको देखिएका छन् । यो भिडियोमा उनी भन्दै छन्, ‘म एक पिता हुँ । एक श्रीमान । तिमीले यो कुरा बुझ्दैनौ । म आफ्नो काम गरिरहेको छु ।’
त्यो भिडियो अनलाइनमा निकै भाइरल बन्यो । यतिबेला यसले गायकको नयाँ एल्बमको प्रवर्धन मात्र गर्दैन, गीतमध्येको एक ‘बटरफ्लाइज’लाई चित्रण पनि गर्छ ।
एक घण्टाभन्दा कम समयको रनटाइम रहेको एल्बममा जस्टिनले ‘स्वाग’ एल्बममा सेक्सी रेड, क्यास कोबेन र गुन्ना लगायत धेरै र्यापरसँग सहकार्य गरेका छन् । यो एल्बमको शीर्षक उनको सन् २०१२ मा रिलिज भएको एल्बम ‘ब्वाइफ्रेन्ड’को हुकलाइन स्वाग, स्वाग, स्वाग’बाट राखिएको छ ।
क्यानेडियन गायकले साझा गरेका प्रचारात्मक फोटोमा उनकी श्रीमती हेली बीबर र उनीहरूको छोरालाई टाउकोमाथि समातेर राखिएको देखाइएको छ । बिबरको अन्तिम एल्बम ‘जस्टिस’को ४ वर्षपछि आएको नयाँ संगीतप्रति साथी कलाकार र प्रशंसकले खुसीको साथ प्रतिक्रिया दिएका छन् ।
बिबरको मानसिक अवस्थाको बारेमा प्रशंसकको चिन्ताको कारण पनि एल्बम सार्वजनिक गरिएको जनाइएको छ । हालैका महिनामा, गायकले आफ्नो व्यक्तिगत जीवनमा पापाराजीको घुसपैठको बारेमा अनलाइन धेरै पोस्टहरू साझा गरेका छन् ।
बिबरको विवाह पनि अर्को विवादास्पद सामाजिक सञ्जाल पोस्टपछि चर्चामा आएको छ । गायकले आफ्नी श्रीमतीलाई ‘भोग’ म्यागजिनको कभरमा चित्रित गरेकोमा सामाजिक सञ्जालमा उनीहरू बीचको झगडाको विवरणसहितको पोस्ट पोस्ट गरेर खुशी मनाएका छन् ।
प्रतिक्रिया 4