+

यू–१६ क्रिकेटर रावल भन्छन् : स्वागत र सम्मानभन्दा पनि आर्थिक सहयोग चाहिएको छ

२०८२ असार  २७ गते १२:४४ २०८२ असार २७ गते १२:४४
यू–१६ क्रिकेटर रावल भन्छन् : स्वागत र सम्मानभन्दा पनि आर्थिक सहयोग चाहिएको छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी यू–१६ इस्ट जोन कप विजेता नेपाली खेलाडी सुशील रावलले आर्थिक सहयोगको आवश्यकता रहेको बताएका छन्।
  • रावलले आगामी यू–१९ राष्ट्रिय टोली छनोटका लागि भारतमा प्रशिक्षण गर्न करिब १ लाख रुपैयाँ खर्च लाग्ने उल्लेख गरेका छन्।
  • नेपाल क्रिकेट संघले विजेता टोलीका हरेकलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

२७ असार, काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप विजेता नेपाली टोलीका खेलाडी सुशील रावलले आफूलाई खादा र प्रमाणपत्रभन्दा आर्थिक सहयोगको आवश्यकता रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै आर्थिक सहयोग चाहिएको बताएका हुन् । बझाङबाट छनोट भई राष्ट्रिय टोलीमा परेका रावल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनीमा बसोबास गर्छन्।

आज दिउँसो २ बजे काठमाडौंबाट धनगढीको लागि प्रस्थान गर्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत भावुक अपिल गरेका हुन्।

‘स्वागत र सम्मानमा मलाई प्रमाणपत्र र माला होइन, अहिले आर्थिक सहयोग चाहिएको छ’ रावलले भनेका छन्। उनका अनुसार आगामी २–३ महिनाभित्र यू–१९ राष्ट्रिय टोलीको छनोट प्रक्रिया सुरु हुँदैछ र त्यसका लागि भारतमा प्रशिक्षण गर्नुपर्नेछ, जसमा करिब १ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

‘आर्थिक अवस्था कमजोर छ भनेर भन्दा पनि मलाई गारो छैन’ रावलले लेखेका छन्, ‘त्यही भएर मलाई सम्मानको खादा, माला र प्रमाणपत्रभन्दा आर्थिक कुरालाई महत्त्व दिइदिनुहोला।’

उनको यो अपिलसँगै अहिले केहीले व्यक्तिगत रूपमा धेरथोर रकम सहयोग गर्न थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पनि विजेता टोलीका हरेकलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरिसकेको छ ।

सुशील रावल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय