+
+
Shares

दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १७:१५

२८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरू बलियो भएमात्रै राजनीतिक प्रणाली बलियो हुने जिकिर गरे । राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलप्रति अनावश्यक प्रश्नहरू उठिरहेको पनि बताए ।

‘राजनीतिक दलहरू बलियो हुँदा राज्य बलियो हुने, राजनीतिक प्रणाली बलियो हुन्छ । राजनीतक दलहरूप्रति बेला बेलामा प्रश्नहरू उठ्ने गरेका पनि छन् । राजनीतिक दलहरूको बारेमा फैल्याइएका अनावश्यक अफवाहहरू, राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरूप्रति अनावश्यक प्रश्नहरू उठिरहेका छन्,’ बस्नेतले भने ।

सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी रहेको उनले बताए ।

‘अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरुले राम्रो काम गरेपनि विरोध गरिरहन्छ । त्यसलाई गलत सावित गर्ने दायित्व राजनीतिक दलको काम हो । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?