+
+
Shares

पार्टी फुट्दैन,  ढुक्क हुनुस् : डा. लोहनी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १२:४१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी नफुट्ने र पार्टीभित्र न्याय हुँदा बलियो हुने बताए।
  • डा. लोहनीले विधानविपरीत कारबाही भएमा विधान अनुसार गर्नुपर्ने तर्क राखे र असन्तुष्ट पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्।
  • उनले संविधानभित्रको राजसंस्था स्थापना नगरेसम्म नेपालमा सन्तुलन नआउने र आन्दोलन आवश्यक रहेको बताए।

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी नफुट्ने भन्दै ढुक्क हुन अग्रह गरेका छन् ।

उनले भने, ‘पार्टी फुट्दैन । ढुक्क हुनुस् । पार्टीभित्र न्याय भयो भने पार्टी बलियो हुन्छ । पार्टी सबैको हो र यसलाई हामी सबैले मिलेर अगाडि बढाउनुपर्छ ।’

जहानिया शासन गइसक्यो भन्दै कारबाही गर्ने भए विधान अनुसार गर्नुपर्ने उनको तर्क छ ।

विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेपछि असन्तुष्ट पक्षका नेताहरू आइतबार निर्वाचन आयोग पुगेका छन्। सो क्रममा डा. लोहनीले यस्तो बताएका हुन् ।

राजावादी आन्दोलन बलियो आउने भन्दै उनले आन्दोलन भनेको चिया खाएको जस्तो कुरा नभएको बताए ।

आन्दोलन नभएसम्म नेपालमा सन्तुलन नआउने उनको भनाइ छ ।

‘संविधानभित्रको राजसंस्था र त्यसको पहिचान स्थापना नगरेसम्म यो सन्तुलन आउँदैन । त्यसका लागि जमिन उर्बर छ । त्यसो गर्ने हामी सबै मिलेर हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?