
फाइल तस्वीर
२९ असार, विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार राति विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका छन् ।
उनीहरुको साथमा रहेको को ३० प ४१० नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।
प्रहरीका अनुसार पवनले रोशनलाई भारतबाट ब्राउन सुगर ल्याइदिएको हुनसक्छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4