+
+
Shares

तक्मे बुढाको फिल्म ‘मैझारो’मा दीया पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विल्सनविक्रम राईले निर्देशन गर्ने फिल्म 'मैझारो'मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन्।
  • फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर पनि अनुबन्धित छन् र छायांकन साउन पहिलो साताबाट सुरु हुनेछ।
  • तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित छ।

काठमाडौं । विल्सनविक्रम राई ‘तक्मेबुढा’ले निर्देशन गर्ने फिल्म ‘मैझारो’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन् ।

यसअघि यो फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर अनुबन्धित भैसकेका छन् । यसबारे निर्देशक तथा अभिनेता समेत रहेका राईले भने, ‘कथाले मागेअनुसार दीयालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन् ।’

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा पेश हुने बताइएको छ । छायांकन साउन पहिलो साताबाट सुरु हुने जनाइएको छ ।

अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत दिनेछन् । गीतमा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बु, अनमोल गुरुङ लगायतको स्वर समावेश हुनेछ ।

छायांकन सौरभ लामाले गर्ने भएका छन् । निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?