+
+
Shares

काठमाडौं महानगरको नगर सभा सुरु, बजेट सार्वजनिक हुँदै (लाइभ)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १५:०७

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउनेगरी महानगरको नगर सभा सुरु भएको हो ।

दिउँसो दुई बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?