News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान जन्माउन युवालाई सुझाव दिए।
- राष्ट्रिय जनसंख्या नीति २०८२ ले घट्दो प्रजनन दर बढाउने नीति अघि सारेको छ।
- जनसंख्याविद् डा. योगेन्द्र गुरुङले प्रधानमन्त्रीको सुझावप्रति असहमति जनाउँदै गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारी सुनिश्चित नगरेसम्म तीन सन्तान जन्माउने नीति व्यवहारिक नहुने तर्क गरे ।
२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षमै विवाह गरी ३० वर्षभित्र तीन वटा सन्तान जन्माइसक्न युवालाई सुझाव दिए ।
विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘२० पुगेपछि विवाह गरिहाल । ३० वर्षभित्र तीन छोराछोरी बनाऊ, अनि काममा लाग । सानो जन्मिँदासम्म ठूलो हुर्किसक्छ ।’
प्रधानमन्त्री ओलीले बच्चा हुर्काउने उपाय पनि सुझाए, ‘बच्चालाई कोक्रोमा सुताउने स्कुल छन् । बच्चाबच्चीलाई स्कुल हाल्दिने अनि आमाबाबु पैसा कमाउन जाने । कोक्रोमा सुताउने, बामे सराउने, ओल्टाउने-पल्टाउने सबै खालका स्कुल छन् बच्चाको हेरविचार गर्न ।’
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा दिएको यस्तो अभिव्यक्तिपछि युवाहरूले व्यवहारमा उतार्ने चुनौतीबारे बहस सुरु गरेका छन् । शिक्षा तथा स्वास्थ्य लगायत असाध्यै महँगो भएकोले प्रधानमन्त्रीले भनेजस्तो धेरै सन्तान जन्माउनु व्यावहारिक नसकको उनीहरुको भनाइ छ ।
घट्दो प्रजनन दर र ऋणात्मक जनसंख्या वृद्धि दरको चुनौती चिर्न प्रधानमन्त्रीले गरेको आग्रहलाई युवाले किन सकारात्मक रूपमा लिन सकेकन् ?
यसको उदाहरणका रूपमा सिन्धुपाल्चोकका ३३ वर्षीय राजाराम पौडेललाई लिन सकिन्छ । एक छोरी मात्रै भएका पौडेलले अर्को बच्चाको चाह राखेका छैनन् ।
‘अर्को सन्तान जन्माउँदा न राम्रो शिक्षा दिन सकिन्छ, न बिरामी पर्दा उचित उपचार नै । जसोतसो एक सन्तान हुर्काइरहेका छौं, अब पुग्यो,’ पौडेलले भने ।
आर्थिक अभावका कारण पौडेल आफैं राम्रो स्कुलमा मन परेको विषय पढ्न पाएनन् । आफूले भोगेको पीडा उनी आफ्ना सन्तत
Comments