News Summary
Generated by OK AI. Editorially reviewed.- क्यास्पियन भ्याली सेकेन्डरी स्कूल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
- कलेजले खेलकुदप्रति प्रतिबद्धता र समग्र शिक्षा प्रणालीलाई सन्तुलित बनाउने उद्देश्य प्रस्तुत गरेको छ।
- कलेजले विद्यार्थीहरूलाई खेललाई शैक्षिक विकासको अंगका रूपमा अगाडि बढाउन र खेल क्षेत्रमा भविष्य बनाउन प्रेरित गर्ने जनाएको छ।
२९ असार, काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन भ्याली सेकेन्डरी स्कूल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
आइतबार नयाँ बानेश्वरमा आयोजना गरिएको एक कार्यक्रममार्फत औपचारिक रूपमा उक्त घोषणा गरिएको हो, जहाँ शिक्षा तथा खेल क्षेत्रका विभिन्न प्रतिनिधिहरू, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
कलेजले आरिफ शेखलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेर खेलकुदप्रति आफ्नो प्रतिबद्धता र समग्र शिक्षा प्रणालीलाई अझ सन्तुलित बनाउने उद्देश्य प्रस्तुत गरेको छ।
कलेजले विद्यार्थीहरूलाई खेललाई शैक्षिक विकासको एउटा महत्त्वपूर्ण अंगका रूपमा अगाडि बढाउन, खेल क्षेत्रमै भविष्य बनाउन चाहने युवाहरूलाई प्रेरित गर्न र राष्ट्रिय खेलाडीहरूलाई सम्मान तथा सहयोग गर्न यो कदम चालेको जनाएको छ।
कलेजले भनेको छ, ‘शिक्षा केवल किताबी ज्ञानमा सीमित हुँदैन। आरिफ शेखजस्तो सफल खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाएर हामीले खेलकुदलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएको छौं। हामी नेपालका भावी खेल नेतृत्वकर्ताहरू उत्पादन गर्न चाहन्छौं।’
आरिफ शेख नेपाली क्रिकेटमा स्थापित नाम हुन् र उनले आफ्ना उपलब्धिबाट थुप्रै युवा खेलाडीहरूलाई प्रेरणा दिएका छन्। अब उनी क्यास्पियन भ्यालीका विद्यार्थीहरूका लागि मार्गदर्शकको भूमिकामा रहनेछन्।
कलेजले कक्षा ११ मा भर्ना लिने इच्छुक विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अवसर प्रदान गर्ने जनाएको छ।
क्यास्पियन भ्याली एसएस/कलेजले शैक्षिक उत्कृष्टतासँगै खेल र अन्य क्षेत्रमा नेतृत्व गर्न सक्ने प्रतिभावान व्यक्तित्वहरू विकास गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया 4