
News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले ८ वर्षे अवधिको ऋणपत्र साउन ६ देखि निष्कासन गर्ने भएको छ।
- यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् र अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिनेछ।
- सर्वसाधारणले छिटोमा साउन ९ र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन्।
३० असार, काठमाडौं । नबिल बैंकले ८ वर्षे अवधिको ऋणपत्र साउन ६ देखि निष्कासन गर्ने भएको छ । यो ऋणपत्रका लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने र ८ वर्षपछि साँवा फिर्ता हुने बैंकले जनाएको छ ।
‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
अंकित मूल्य १ हजारका दरले बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता (६० हजार सामूहिक लगानी कोषसहित) सर्वसाधारणका लागि निष्कासन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4